च्याम्पियन्स ट्रफी क्रिकेट : अस्ट्रेलिया सेमिफाइनलमा
काठमाडौँ । अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अगाडि बढेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । सेडिकुल्लाह अटलले सर्वाधिक ८५ रन बनाए । अजमतुल्लाह ओमरजाइले शानदार फिनिसिङ गर्दै ६७ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन ड्वारसुइसले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । स्पेन्सर जोनसन र एडम जाम्पाले २(२ विकेट लिँदा नेथन एलिस र ग्लेन म्याक्सवेलले १(१ विकेट लिए ।
२७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आक्रामक सुरुवात गर्दै १२।५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाइसकेको थियो । तर वर्षाले खेल अघि बढ्न नसकेपछि दुवै टोली एक एक अंक बाँड्न बाध्य भएका थिए ।
यो समूहबाट दक्षिण अफ्रिका विजयी भएमा समूह विजेता बन्नेछ भने इंग्ल्याण्डले सामान्य जित निकाल्दा पनि दक्षिण अफ्रिका नै सेमिफाइनलमा पुग्नेछ । इंग्ल्याण्डले निकै भारी अन्तरको जित निकाले मात्र अफगानिस्तानको सम्भावना रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण