च्याम्पियन्स ट्रफी क्रिकेट : अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अगाडि बढेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । सेडिकुल्लाह अटलले सर्वाधिक ८५ रन बनाए । अजमतुल्लाह ओमरजाइले शानदार फिनिसिङ गर्दै ६७ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन ड्वारसुइसले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । स्पेन्सर जोनसन र एडम जाम्पाले २(२ विकेट लिँदा नेथन एलिस र ग्लेन म्याक्सवेलले १(१ विकेट लिए ।
२७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आक्रामक सुरुवात गर्दै १२।५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाइसकेको थियो । तर वर्षाले खेल अघि बढ्न नसकेपछि दुवै टोली एक एक अंक बाँड्न बाध्य भएका थिए ।
यो समूहबाट दक्षिण अफ्रिका विजयी भएमा समूह विजेता बन्नेछ भने इंग्ल्याण्डले सामान्य जित निकाल्दा पनि दक्षिण अफ्रिका नै सेमिफाइनलमा पुग्नेछ । इंग्ल्याण्डले निकै भारी अन्तरको जित निकाले मात्र अफगानिस्तानको सम्भावना रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता