कविता
धूर्त चतुर
शनिबार, १७ फागुन २०८१, ११ : ४६
हामी धूर्त चतुरकै पछि पछि
हिँडिरह्यौँ भने
‘हजुर, हजुर” भनी
हेपाइ खपिरह्यौँ भने
गाली बेइज्जती अपमान
सहिरह्यौँ भने
त्यो चतुर धूर्तले
हामीलाई सधैँ सधैँ
पछि पछि हिँडाइरहनेछ
दिनरात जहिले पनि
हेपिरहने छ
गाली बेइज्जती अपमान
गरिनै रहनेछ
त्यसैले
पछि पछि हिँड्नेहरू
हेपाइ खपिरहनेहरू
जे जे अपमान गरेपनि
चुपचाप सहनेहरू
छोडिदेऊ धूर्त चतुरको
पछि पछि हिँड्न
छोडिदेऊ ‘हजुर हजुर’ भनी
हेपाइ खपिरहन
छोडिदेऊ गाली बेइज्जती अपमान
चुपचाप सहिरहन
किनकि
हामी पनि
स्वाभिमानी मानव हौ
हामी भित्र पनि
अपार शक्ति छ
सही गलत निर्क्योल गर्न सक्ने
तीक्ष्ण बुद्धि छ
हामी आफै भित्र
सृजनशील
रचनात्मक
कार्य गर्ने क्षमता छ
हामी प्रत्येकमा
आइलाग्ने माथि जाइलाग्ने
बहादुर पुर्खाको रगत छ
समाज देश विश्वलाई
असल नेतृत्व दिन सक्ने
विवेकशील सुविचार छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण