उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ।
दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ । यसअघि शुक्रबार ३३ जनाको उद्धार गरिएको थियो। जसमध्ये गम्भीर घाइते चार जनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ५ जना कामदार अझै बेपत्ता छन्।
दुर्घटना स्थानीय समयअनुसार शुकबार बिहान ७:१५ बजे चमोलीको माना गाउँ नजिकै भएको थियो। मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा सीमा सडक संगठनका ५५ जना कामदार बसिरहेका थिए । त्यतिबेला हिउँको पहाड खसेको थियो। सबै कामदारहरू यसमा परेका थिए।
४ वटा सेनाको हेलिकप्टरबाहेक २०० भन्दा बढी सिपाहीहरू उद्धार कार्यमा संलग्न छन्।
अलपत्र परेका ५५ जना मजदुरहरूमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्। १३ जना कामदारको ठेगाना उपलब्ध छैन।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज बिहान घटनास्थलको भ्रमण गरी कामदारहरूलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीसँग कुरा गरेर उद्धार कार्यको जानकारी लिएका थिए।
उता हिमाचल प्रदेशमा भारी वर्षा र हिमपातका कारण राज्यका २१८ सडक र तीन राष्ट्रिय राजमार्गहरू बन्द गरिएको राज्यका राजस्व मन्त्री जगत सिंह नेगीले बताएका छन्।
प्रदेशको कुल्लुमा पछिल्लो २४ घण्टामा भएको भारी वर्षाका कारण धेरै सवारी साधनहरू भग्नावशेषमा पुरिएको र फसेको तस्बिरहरू बाहिर आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण