अष्ट्रेलियाली सरकारद्वारा कतार एयरवेजको सम्झौता अनुमोदन
अष्ट्रेलिया । अष्ट्रेलियाली सरकारले देशको दोस्रो ठूलो एयरलाइन्समा कतार एयरवेजको २५ प्रतिशत हिस्सेदारी अधिग्रहणलाई अनुमोदन गरेको छ । कोषाध्यक्ष जिम चाल्मर्सले सरकारको विदेशी लगानी समीक्षा बोर्डले कतार एयरवेजको भर्जिन अष्ट्रेलियाको मालिक, बेन क्यापिटलबाट २५ प्रतिशत हिस्सेदारी खरिद गर्ने कदमलाई अनुमोदन गरेको हो ।
यो सम्झौताले अष्ट्रेलियाको उड्डयन क्षेत्रमा प्रतिष्पर्धालाई बलियो बनाउने बताइएको छ । यो सम्झौता गत वर्ष अक्टोबरमा घोषणा गरिएको थियो । अझै पनि अष्ट्रेलियाली प्रतिष्पर्धा र उपभोक्ता आयोगबाट औपचारिक स्वीकृतिको विषय हो । जसले फेब्रुअरीको सुरुमा जारी गरिएको मस्यौदा निर्णयमा प्राधिकरण प्रदान गर्ने योजना बनाएको बताएको थियो ।
भर्जिन अष्ट्रेलियाको दोस्रो ठूलो एयरलाइन हो । प्रमुख घरेलु मार्गहरूमा क्वान्टास र यसको बजेट क्यारियर जेटस्टारको एक मात्र प्रतिष्पर्धी हो । -न्युज एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण