जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
आइतबार, १८ फागुन २०८१, १३ : ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ ।
तीन दिनसम्म चल्ने बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।
यसैगरी पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन समेत प्रस्तुत गर्ने जसपाले जनाएको छ ।
यसैगरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीति तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सो प्रतिवेदनमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ ।
बैठकमा पार्टीले सरकारलाई दिएको समर्थनको बारेमा पनि छलफल हुने एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित