ऊर्जा राज्यमन्त्री भन्छन्– अब बिजुलीको महसुल नतिर्नेको लाइन काट्न फिल्डमा उत्रिन्छु
काठमाडौँ । ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ) तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका उनले कुलमानलाई सोधिएको स्पष्टीकरण नै गलत रहेको दाबी गरे । उनले कुलमानलाई स्पष्टीकरण सोधिए पनि उनको गल्ती कसैले भेट्न नसकेको दाबी गरे । ‘स्पष्टीकरण त सोधियो तर, गल्ती के हो थाहा छैन । कुलमान भात खाँदा पनि डराउने मान्छे हो ? त्यस्तो मान्छेले प्राधिकरणमा केही गल्ती गर्यो होला त ?’, उनले आइतबार रातोपाटीसँग कुरा गर्दै भने, ‘उनले गल्ती गरेको हो भने कारबाही हुनुपर्छ तर, कारबाहीको लागि पनि गल्ती त भेट्नुपर्यो नि !’
उनले कुलमानकै नेतृत्वमा देश लोडसेडिङ मुक्त भएको उल्लेख गर्दै कुलमानमा विद्युत् क्षेत्रको विकासबाहेक अरु चिन्ता नभएको दाबी गरे । ‘कसैलाई मन परेन भन्दैमा लखेटिरहन पाइन्छ ?, तामाङले भने । उनलाई कुलमानलाई कसले कारबाही गर्ने भन्ने नै स्पष्ट नभएको उल्लेख गर्दै भने, ‘तर, कारबाही गर्न खोज्ने मान्छेले कुनै प्रमाण भेटेन भनेचाहिँ त्यो चिठी लेख्ने मान्छेलाई कारबाही गर्ने कि नगर्ने ?’ ऊर्जामन्त्री दीपक खड्काले कुलमानलाई हटाउन खोजेपछि राज्यमन्त्री तामाङले विरोध गर्दै आएका छन् । स्मरणीय छ, मन्त्री खड्का र राज्यमन्त्री तामाङ एकै पार्टीका हुन् । तर, मन्त्रालयमा समेत यी दुईको खासै समन्वय नहुने बताइएको छ ।
तामाङले पनि आफू र मन्त्रीले आ–आफ्नो काम गर्ने गरेको भन्दै समन्वय खासै नभएको स्वीकारे ।
उनले चैत १० पछि आफू लाइन काट्न निस्कने भन्दै सबैको साथ खोजेको समेत बताए । उनले अदालतले नै महसुल तिर्न भनेकाले आफू त्यो कार्यान्वयन गर्न लागिपर्ने बताए । ‘पैसा तिरे लाइन जोडिन्छ । नत्र लाइन काटिन्छ’, यो स्पष्ट कुरा हो ।
कांग्रेस रामेछापका सभापति समेत रहेका उनले सत्यको पक्षमा आफू उभिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण