महाकुम्भमा नुहाएको भिडियोलाई लिएर कट्रिनाको गोपनियतामाथि आक्रमण
नयाँ दिल्ली । भारतको प्रयागराजमा डेढ महिनासम्म चलेको महाकुम्भमा बलिउडका ठुला स्टारहरुले डुबुल्की लगाए ।
अक्षय कुमार, तमन्ना भाटिया र राजकुमार रावलगायत धेरै बलिउड स्टारहरू त्यहाँ पुगेका थिए।
विक्की कौशल आफ्नो फिल्म 'छावा'को प्रमोसनमा व्यस्त हुँदा उनकी श्रीमती कट्रिना कैफ सासूसँग महाकुम्भ संगममा नुहाउन पुगेकी थिइन् । कट्रिना कैफले महाकुम्भमा नुहाएको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए। केहीले नायिकाको सासुसँगको महाकुम्भ यात्राको तारिफ गरे । एक भिडियोमा उनलाई फोटोग्राफर र फ्यानले घेरेको देखिएको छ ।
हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोको भने निकै आलोचना भइरहेको छ । उक्त भिडियोमा अर्की अभिनेत्री रविना टण्डनले पनि आफ्नो रिस नियन्त्रण गर्न सकिनन् ।
भाइरल भएको उक्त भिडियोमा कट्रिनाको नुहाउने क्रममा दुई जना हाँसेको देख्न सकिन्छ । एक व्यक्तिले भनिरहेका छन्, 'यो म हुँ, यो मेरो भाइ हो र त्यहाँ कट्रिना छिन्।'
क्याट्रिन नुहाउँदै गरेको उक्त भिडियोमा उनको गोपनियतामाथि आक्रमण भएको भिडियोमा देख्न सकिन्छ।
इन्स्टाग्राम पेज (ममराजी)ले सेयर गरेको उक्त भिडियो हेरेर कट्रिनाका फ्यानहरू आक्रोश पोखेका छन्। रविनाले पनि उनको आलोचना गरेकी छिन् । अभिनेत्रीले कमेन्टमा लेखेकी छिन्, 'यो वाहियात हो। यो शान्तिपूर्ण र अर्थपूर्ण हुनुपर्नेमा केहीले यस्ता मान्छेहरूले यसलाई बिगारे।'
रविनाबाहेक अन्य फ्यानहरूले पनि कट्रिनाको नुहाएको भिडियो बनाएको व्यक्तिलाई लिएर आक्रोश पोखिरहेका छन्। एक प्रयोगकर्ताले भने, 'त्यसोभए उनीहरूका लागि किन भीआईपी घाट बनाइएको हो ?' अर्कोले लेखेका छन्, 'यो दुखद् र चिन्ताजनक छ।' त्यसैगरी अर्काले लेखेका छन्, 'यस्तै हुन्छ भनेर सेलिब्रेटीहरूलाई भीआईपी घाट चाहिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण