नेपाली बजारमा भित्रियो फ्रेन्च मोटरसाइकल प्यूजो
काठमाडौँ । अग्नि मोटोइंकलले नेपाली बजारमा १२५ वर्षको इतिहास भएको र विश्व प्रसिद्ध फ्रेन्च मोटरसाइकल प्यूजो नेपाली बजारमा भित्र्याएको छ । यसले स्थानीय नयाँ युगको सुरुआत गर्दै नेपाली ग्राहकहरूलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने कम्पनीको विशस छ ।
१२५ सीसी मोटरसाइकलले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरेको कम्पनीको भनाइ छ । उत्कृष्ट शैली र परिष्कृतताले भरिपूर्ण यो मोटरसाइकल नेपाली बजारमा पाँच लाख एकहत्तर हजारमा उपलब्ध हुनेछ । यस्तै यो मोटरसाइकल नीलो–सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रङहरूमा उपलब्ध रहेको जनाइएको छ ।
यस्तै १५० सीसी इन्जिन यही कम्पनीको स्कुटर पनि नेपाली बजारमा आएको छ । यसको मूल्य नेपाली बजारमा ६ लाख बत्तीस हजार रहेको कम्पनीको भनाइ छ ।
अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले प्यूजो मोटरसाइकल डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतीक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण