टोखाबाट गोली प्रहार गरेर लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ

काठमाडौँ । काठमाडौँको टोखामा गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको हो ।
आरोपीलाई खुट्टामा गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘पटेललाई उपचारको लागी त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ ।’
गुड्डु भारतीय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जना मध्ये डुड्डु एक हुन् ।’
उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ । २०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पक्राउ गरेको थियो ।
बब्लु पासवान भारतीय अंडरवर्ल्ड डन बब्लु श्रीवास्तवसँग निटक छन् । नेपालमा जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । लाल मोहम्मदले पनि भारततीय जाली नोट कारोबार गरेको आरोप छ । नोट कारोबारी सफाया गर्ने मध्येका श्रीबास्तव अहिले जेलमा छन् ।
पासवानले गोठाटारमा लाल मोहम्मदको सर्भिलेन्स गराएर सुटर पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बौद्ध स्थित एक होटलमा बसेर भारतीय महिला ममता तिवारी ‘मेरिन’ र मकवानपुरको बकैया गाउँपालिका घर भएकी सुस्मिता स्याङ्तानले मोहम्मदको गतिविधि निगरानी गरेका थिए ।
ममता तिवारी ९ वर्ष लागुऔषध मुद्दामा जेल बसेर छुटेकी हुन् । उनीहरूलाई डेढ महिना सर्भिलेन्स गर्न लगाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सर्भिलेन्स गरेपछि उनले सुपारी लिएर मोहम्मदको हत्या गर्न टिम परिचालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । ‘मोहम्मदको सर्भिलेन्स गराएपछि भारतबाट पासवानले नै हतियार पठाएको अनुसन्धानबाट देखिन्छ’ घटनाबारे गठित छानबिन समितिमा बसेर काम गरेका एकजना अधिकृत भन्छन्–‘हतियार र सुटर पनि उनले नै पठाएका हुन् ।’
लामो समयपछि हत्यामा संलग्न सुटर पक्राउ परेका छन् । हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि सुस्मिता स्याङ्तान, २१ वर्षी महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । पासवानले सुपारी लिएर टिम परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित