कैलालीमा राष्ट्रपति रनिङ शिल्ड : घोडाघोडी नगरपालिका पहिलो
धनगढी । कैलालीमा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कांस्य सहित कुल ५९ पदक जितेर पहिलो स्थान हासिल गरेको छ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका ३८ पदक (२४ स्वर्ण, ९ रजत, ५ कांस्य) सहित दोस्रो र गोदावरी नगरपालिका ३९ पदक (१२ स्वर्ण, १५ रजत, १२ कांस्य) सहित तेस्रो स्थानमा रहेका छन्।
प्रतियोगितामा सहभागी अन्य पालिकामा गौरीगङ्गा नगरपालिकाले २९, लम्किचुहा नगरपालिकाले १३,टिकापुर नगरपालिकाले २२, मोहन्याल गाउँपालिकाले ६, जानकी गाउँपालिकाले ३, चुरे गाउँपालिकाले ३, बर्दगोरीया गाउँपालिकाले ३, भजनी नगरपालिकाले १ पदक जितेका छन् भने कैलारी गाउँपालिका पदक विहीन भएको छ ।
टीकापुर, मोहन्याल, जानकी चुरे बर्दगोरीया भजनी र कैलाली स्वर्णविहीन भए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रत्येक वर्ष धनगढीमा हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष कैलालीको घोडाघोडी नगरपालिका भित्रमा भएको थियो । आगामी वर्ष हुने १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दगोरिया गाउँपालिकामा हुने भएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण