त्रिविकाे स्ववियु निर्वाचन कार्यतालिका आजदेखि लागू
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ/संगठन/समूह दर्ताको कार्यक्रम राखिएको छ।
निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति / कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ/सङ्गठन/समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष/सभापति/संयोजक/प्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण