युरोपेली देशका नेताहरूसँग भेटघाटपछि जेलेन्स्कीले अमेरिकाबारे के भने ?
सोमबार, १९ फागुन २०८१, ०९ : ४६

कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन्। जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनलाई युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको लेखेका हुन् ।
‘वास्तविक शान्ति प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,’ उनले लेखे, ‘हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो।’
उनले थपे, ‘स्पष्ट रूपमा हामी संयुक्त राज्य अमेरिकाको महत्त्व बुझ्छौँ र संयुक्त राज्य अमेरिकाबाट प्राप्त सबै सहयोगको लागि हामी आभारी छौँ। हामीले अमेरिकाप्रति कृतज्ञता व्यक्त नगरेको कुनै दिन पनि भएको छैन।’
यसअघि आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा धेरै युरोपेली देशका नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने