एमाले मोरङ अधिवेशन, मतदाताको नाम सार्वजनिक

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत ९११ जना मतदाताको नामवली प्रकाशित भएको छ । आज बिहान ८ बजे नै मतदाता नामावली सार्वजनिक गर्ने भनिएको थियो । यद्यपि ढिलो गरी नामावली सार्वजनिक भएको हो ।
मनोनित ४६ जना मतदाताको विषयमा विरोध भएपछि नामावली प्रकाशनमा ढिलो भएको हो । जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।
एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । मतदाता नामावली प्रकाशित भएसँगै अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने विश्वास छ ।
एमाले मोरङको अध्यक्षमा अजम्बर राई र राजकुमार ओझाको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्ष आ–आफ्नो ढंगले निर्वाचन प्रचारमा जुटिसकेका छन् ।
अध्यक्षका आकांक्षी राईलाई नेता विनोद ढकाल पक्षले सहयोग गरेको छ भने ओझालाई पार्टीको संस्थापन पक्षले सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने