एमाले मोरङ अधिवेशन, मतदाताको नाम सार्वजनिक
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत ९११ जना मतदाताको नामवली प्रकाशित भएको छ । आज बिहान ८ बजे नै मतदाता नामावली सार्वजनिक गर्ने भनिएको थियो । यद्यपि ढिलो गरी नामावली सार्वजनिक भएको हो ।
मनोनित ४६ जना मतदाताको विषयमा विरोध भएपछि नामावली प्रकाशनमा ढिलो भएको हो । जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।
एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । मतदाता नामावली प्रकाशित भएसँगै अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने विश्वास छ ।
एमाले मोरङको अध्यक्षमा अजम्बर राई र राजकुमार ओझाको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्ष आ–आफ्नो ढंगले निर्वाचन प्रचारमा जुटिसकेका छन् ।
अध्यक्षका आकांक्षी राईलाई नेता विनोद ढकाल पक्षले सहयोग गरेको छ भने ओझालाई पार्टीको संस्थापन पक्षले सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण