राप्रपा नेपालले चैत २६ मा बृहत् जनप्रदर्शन गर्ने
काठमाडौँ । राप्रपा नेपालले सुशासन, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनदबाब थाल्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सङ्घीयता खारेज, धर्म परिवर्तनको अन्त्य, मिटरब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न जनपरिचालन र जनदबाब कार्यक्रम सार्वजनिक गरेको हो ।
त्यसअन्र्तगत आगामी चैत १ गते सबै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना र प्रदर्शन दिने सो पार्टीले जनाएको छ । त्यस्तै चैत ८ र ९ गते हेटौँडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण, चैत १४ देखि १८ सम्म काठमाडौँ उपत्यकाका १० (दश) वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार चैत २२ गते राष्ट्रियसभा गृहमा संयोजित सङ्गठन समन्वय विभागको आयोजनामा जनवर्गीय सङ्गठनहरूको संयुक्त भेला, चैत २६ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण