राप्रपा नेपालले चैत २६ मा बृहत् जनप्रदर्शन गर्ने

काठमाडौँ । राप्रपा नेपालले सुशासन, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनदबाब थाल्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सङ्घीयता खारेज, धर्म परिवर्तनको अन्त्य, मिटरब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न जनपरिचालन र जनदबाब कार्यक्रम सार्वजनिक गरेको हो ।
त्यसअन्र्तगत आगामी चैत १ गते सबै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना र प्रदर्शन दिने सो पार्टीले जनाएको छ । त्यस्तै चैत ८ र ९ गते हेटौँडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण, चैत १४ देखि १८ सम्म काठमाडौँ उपत्यकाका १० (दश) वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार चैत २२ गते राष्ट्रियसभा गृहमा संयोजित सङ्गठन समन्वय विभागको आयोजनामा जनवर्गीय सङ्गठनहरूको संयुक्त भेला, चैत २६ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने