एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान

मोरङ । नेकपा एमाले मोरङको १० औँ अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । ५ पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटीका लागि लागि ३२५ जनाले उम्मेदवारी दिएका छन् ।
मध्यान्ह १२ बजेपछि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए । यसअघि बिहान ९ बजेदेखि गर्ने भनिए पनि सहमति प्रयास भइरहेको भन्दै १२ बजेदेखि मात्रै मतदान गर्ने तयारी रहेको उनले बताए ।
गत शनिवारदेखि सुरु भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, दुई वटा प्यानल बनेपछि सहमतिको प्रयास असफल भएको हो र अधिवेशन लम्बिएको हो ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो