एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
मोरङ । नेकपा एमाले मोरङको १० औँ अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । ५ पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटीका लागि लागि ३२५ जनाले उम्मेदवारी दिएका छन् ।
मध्यान्ह १२ बजेपछि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए । यसअघि बिहान ९ बजेदेखि गर्ने भनिए पनि सहमति प्रयास भइरहेको भन्दै १२ बजेदेखि मात्रै मतदान गर्ने तयारी रहेको उनले बताए ।
गत शनिवारदेखि सुरु भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, दुई वटा प्यानल बनेपछि सहमतिको प्रयास असफल भएको हो र अधिवेशन लम्बिएको हो ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण