अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
काठमाडौँ । आसन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सङ्गठन दर्ताको क्रम जारी छ । हिजोबाट सुरु भएको सङ्घ सङ्गठन दर्ताको प्रक्रिया आज समेत जारी छ । स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार मात्रै सङ्घ सङ्गठन दर्ता हुने थियो । तर, कतिपय ठाउँमा झडप तथा विवादका कारण निर्वाचन प्रक्रिया नै स्थगित भएको थियो । निर्वाचन प्रक्रिया स्थगित भएका र सुरु नै नभएका क्याम्पसहरूमा आज पनि सङ्घ सङ्गठन दर्ताको क्रम जारी छ ।
अहिलेसम्म अनेरास्ववियुको तर्फबाट देशभरका ३५२ क्याम्पसमा सङ्गठन दर्ता भएको छ । उपाध्यक्ष नारायण घर्तीका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि देशभरका ३५२ क्याम्पसमा अनेरास्ववियुको सङ्गठन दर्ता भएको हो ।
नेपाल विद्यार्थी सङ्गठनको तर्फबाट अहिलेसम्मको रेकर्ड अनुसार ३१० क्याम्पसमा सङ्गठन दर्ता भएको छ । नेविसंघ प्रवक्ता सुरज सेजुवालले विभिन्न क्याम्पसहरूबाट विवरण प्राप्त नभइसकेको र हालसम्म ३१० क्याम्पसको रेकर्ड केन्द्रमा आइपुगेको बताए ।
कतिपय सामुदायिक क्याम्पसमा आज पनि दर्ता कार्य जारी रहेको छ । जसले गर्दा स्ववियु निर्वाचन हुने क्याम्पसहरूको सङ्ख्या बढ्नेछ । सङ्गठन दर्ताको लागि तोकिएको दिन मात्रै हुनुपर्छ भन्ने छ । त्यसका लागि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले क्याम्पसको निर्वाचन समितिले आवश्यकता आधारमा समय थप गर्ने सक्नेछ । सोही आधारमा कतिपय क्याम्पसहरूमा आज समेत सङ्घ सङ्गठन दर्ताको प्रक्रिया जारी छ ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) बहुमत, अखिल छैटौँ, समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, अखिल (क्रान्तिकारी) वैद्य, प्राज्ञिक विद्यार्थी परिषद्, लोकतान्त्रिक विद्यार्थी सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, स्वतन्त्र क्रान्तिकारी विद्यार्थी समूह, स्वतन्त्र विद्यार्थी समूह लगायतका विद्यार्थी सङ्घ सङ्गठनको तर्फबाट दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण