सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते
काठमाडौँ । सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करण चैत ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी अगाडि बढाइसकिएको जानकारी दिए ।
‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको उत्साह बढाउँदै आएको छ’ उनले भने । उनले छैटौँ संस्करणलाई अझ स्तरीय बनाउने तयारी भइरहेको बताए ।
छैटौँ संस्करणको अवार्ड वितरण कार्यक्रम खुला मैदानमा आयोजना गरिने जानकारी पनि उनले दिए । छैटौँ संस्करणमा २०८१ सालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षकसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने बताइएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार प्रदान गरिने छ ।
यसैगरी, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई भने २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
यसैबिच, स्पोर्टस अवार्डको छैटौँ संस्करणलाई पनि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले साथ दिने भएको छ । अवार्ड कार्यक्रमलाई हरेक वर्ष प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यसपटक पनि मुख्य प्रवर्द्धक बनेर साथ दिन लागेको आयोजकले जनाएको छ ।
मुख्य प्रवर्द्धन सम्बन्धी सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् । अवार्डका लागि मुख्य प्रायोजकसहित अन्य सह–प्रायोजकहरूको खोजी सुरु गरिएको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
-
अन्डरडग घानासँग हेभिवेट कोलम्बियाको भिडन्त
-
पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
-
हेलिकप्टरबाट नदीमा बेपत्ता यात्रु र सवारी खोजी गर्न निर्देशन
-
काठमाडौँ उपत्यकासहित देशभरका एक सय स्थानमा बर्डफ्लु फैलियो, कसरी सर्छ मानिसमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण