बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्यसमिति निर्वाचनको नामावली विवाद सुल्झाउन आन्दोलनरत पक्ष र निर्वाचन समितिबिच वार्ता सुरु भएको छ ।
मङ्गलवार बिहान १० बजेदेखि नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बारको निर्वाचन कार्यालय घेराउसहित प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु भएको वार्तामा सहभागी एक अधिवक्ताले बताए ।
वार्तामा आन्दोलनरत पक्षबाट डीएलएका केन्द्रीय सचिव शिव रेग्मी, कोषाध्यक्ष हरि बस्नेत र डीएलए काठमाडौँका अध्यक्ष सुशील पौडेल सहभागी छन् । यस्तै निर्वाचन समितिका तर्फबाट रामकृष्ण ढकाल, ताराबहादुर सिटौला, तेजनाथ धमला, सेवन्तराज निरौला र चन्द्रबहादुर शाही सहभागी छन् ।
उच्च अदालत बार एसोसिएसनले काठमाडौँ अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मङ्गलवार बिहान १० बजेदेखि नेपाली काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले विरोध जनाएको थियो ।
काठमाडौँ जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उच्चले उजुरी गरेपछि जिल्ला बार काठमाडौँले पनि नीतिगत रूपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो । बार काउन्सिल अद्यावधिक गरे नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोमा त्यसमा विरोध जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण