एकपछि अर्को रेकर्ड तोड्दैछ विक्कीको ‘छावा’
नयाँ दिल्ली । बलिउड निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको फिल्म छावा लगातार तेस्रो हप्ता पनि बक्स अफिसमा झन्डा गाडेर बसेको छ । विक्की कौशल र रश्मिका मन्डानाको मुख्य अभिनय रहेको यस फिल्मले सोमबार दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २’ को रेकर्ड पनि तोडेको छ ।
छावाले सोमबार बक्स अफिसमा ८ करोड ५० लाख भारु कमाएको छ । आइतबारको तुलनामा फिल्मको व्यापार निकै कम भएपछि कुल कलेक्सनको हिसाबले फिल्म शीर्ष स्थानमा छ । छावाले आइतबार २४ करोड २५ लाख भारुको व्यापार गरेको थियो ।
योसँगै फिल्म रिलिज भएको तेस्रो आइतबार सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । आइतबार यसले शाहरुख खानको जवान र पठानसमेत १० वटा फिल्मको रेकर्ड तोडेको थियो ।
फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ४ अर्ब ६७ करोड २५ लाख भारु कमाएको छ । तेस्रो हप्ताको कमाइको मामिलामा फिल्मले पुष्पा २ को हिन्दी संस्करणलाई पनि उछिनेको छ ।
विक्की कौशलको फिल्मले तेस्रो हप्तामा ६० करोड १० लाख भारु कमाएको थियो । अल्लु अर्जुनको पुष्पा २ को हिन्दी संस्करणले तेस्रो हप्ताभरि ६० करोड रुपैयाँ मात्र कलेक्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण