भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’
काठमाडौँ । ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियर छिट्टै रियल म्याड्रिडबाट साउदी व्यवसायिक लिगमा स्थानान्तर हुने समाचारहरु सार्वजनिक भइरहँदा उनी आफैँले भने ती समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएका छन् ।
२४ वर्षीय भिनिसियस जुनियरले आफू आगाममी दिनमा पनि रियल म्याड्रिडमै रहने दाबीसमेत गरेका छन् । ‘म रियल म्याड्रिडमा सपनाहरुको बिचमा बाँचिरहेको छु । त्यसैले आगामी दिनमा पनि म यही क्लबमा रहने छु,’ उनले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको साविक विजेता टोली हो । भिनिसियस जुनियरले सन् २०१८ देखि यो क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । रियलसँग उनको सम्झौता अवधि अझै दुई वर्ष बाँकी छ ।
उनको अहिलेको सम्झौता सन् २०२७ मा समाप्त हुनेछ । भिनिसियस जुनियरले आफू रियल म्याड्रिडसँग सम्झौता नविकरण गर्न आतुर रहेको पनि बताएका छन् । ‘क्लबसँग मेरो अहिलेको सम्झौता सन् २०२७ मा सकिन्छ । तर, त्यसअघि नै सम्झौता नविकरण गर्न म आतुर छु,’ उनले भनेका छन् ।
ब्राजिलियन क्लब फ्लेमिङ्गोबाट रियल म्याड्रिडमा आबद्ध भएयता भिनिसियस जुनियरले तीनपटक ला लिगाको उपाधि र दुईपटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण