राजनीति
अध्यादेश स्वीकृत गर्न संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप
मङ्गलबार, २० फागुन २०८१, १५ : ४६

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बुधबार बस्ने संसद्को बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन् ।
बुधबारको संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले एमएमएस गरेर सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् ।
सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरूबिच सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री