कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
काठमाडौंँ । चलचित्र कलाकार संघले आधा दजर्न बढी कलाकर्मीलाई पुरस्कार र सम्मान प्रदान गर्ने भएको छ ।
नेपाल चलचित्र कलाकार संघको हालै बसेको कार्यकारिणी समितिको बैठकले पुरस्कार र सम्मानको निर्णय गरेको हो । जसको जानकारी संघले विज्ञाप्तिमार्फत दिएको छ ।
नेपाली चलचित्रमा अभिनय गरेर लामो समय निरन्तर योगदान पुर्याएका कलाकारको योगदानको कदर गर्न बसुन्धरा भुसाल अध्यक्ष रहेको यो संघ २०५५ सालमा स्थापना भएको हो ।
संघले घोषणा गरेअनुसार २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराई, २०७९ सालको पुरस्कार लय संग्रौला र २०८० सालको पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गरिनेछ ।
त्यस्तै शान्ति मास्के स्मृति पुरस्कार गौरी मल्ल प्रदान गरिने भएको छ ।
नेपाल चलचित्र कलाकार संघ पुरस्कारमा जनही ७५ हजार रुपैयाँसहित सम्मान पत्र रहनेछ । शान्ति मास्के स्मृति पुरस्कारको राशि ५६ हजार रुपैयाँ रहेको छ।
यस्तै संघले स्व. गोपाल राउत स्मृति पुरस्कार रामकाजी घिमिरे, र नेपाल चलचित्र कलाकार संघले सालिन्दा पदान गर्दै आइरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गर्ने भएको छ ।
सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा अर्पण गरिने कलाकार संघका अध्यक्ष मोहन निरौला हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण