युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया

मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प युक्रेन युद्ध जसरी भएपनि रोक्न चाहन्छन् ।
दोहोर्याएर ह्वाइट हाउस छिरेलगत्तै ट्रम्पले यसतर्फ अनेक कदम चालिरहेका छन् । तर गएको शुक्रबार ह्वाइट हाउसमा ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्ता झगडामा परिणत भएपछि ट्रम्प जेलेन्स्कीप्रति उग्र बनिरहेका छन् । यसै क्रममा उनले युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेका थिए । यसप्रति रुसले प्रतिक्रिया जनाएको छ ।
बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गले यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तासँग प्रतिक्रिया मागेका थिए । अमेरिकी सैन्य सहायता निलम्बित गरिएको खबर सत्य हो भने यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिने रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए । पेस्कोभका अनुसार अमेरिका युक्रेनलाई हतियार आपूर्ति गर्ने प्रमुख देश बनेको थियो । ‘यदि अमेरिकाले यो (सैन्य सहायता) रोक्छ भने सायद यो शान्तिको लागि सबैभन्दा ठुलो योगदान हुनेछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन