युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया
मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प युक्रेन युद्ध जसरी भएपनि रोक्न चाहन्छन् ।
दोहोर्याएर ह्वाइट हाउस छिरेलगत्तै ट्रम्पले यसतर्फ अनेक कदम चालिरहेका छन् । तर गएको शुक्रबार ह्वाइट हाउसमा ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्ता झगडामा परिणत भएपछि ट्रम्प जेलेन्स्कीप्रति उग्र बनिरहेका छन् । यसै क्रममा उनले युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेका थिए । यसप्रति रुसले प्रतिक्रिया जनाएको छ ।
बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गले यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्तासँग प्रतिक्रिया मागेका थिए । अमेरिकी सैन्य सहायता निलम्बित गरिएको खबर सत्य हो भने यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिने रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए । पेस्कोभका अनुसार अमेरिका युक्रेनलाई हतियार आपूर्ति गर्ने प्रमुख देश बनेको थियो । ‘यदि अमेरिकाले यो (सैन्य सहायता) रोक्छ भने सायद यो शान्तिको लागि सबैभन्दा ठुलो योगदान हुनेछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण