अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
मङ्गलबार, २० फागुन २०८१, २१ : ४३
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टोलीलाई हराउँदै बौदीकालीले उपाधि जितेको हो । बौदीकालीले शुक्लागण्डकीलाई ३–२ सेटले पराजित गरेको हो ।
यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका तेस्रो भएको छ । पुतलीबजारले स्याङ्जाको हरिनास गाउँपालिकालाई पराजित गरेको खेल व्यवस्थापन समितिका संयोजक अमृत घिमिरेले जानकारी दिए ।
उपाधिसँगै विजेता बौदीकालीको टोलीले नगद रू दुई लाख प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले रू एक लाख, तृर्तीय भएको पुतलीबजारले रू ५० हजार र चौथो भएको हरिनास गाउँपालिकाले रू २५ हजार प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण