सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक, सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा गङ्गा आरती गरिएको छ । उनको स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा सन्त नेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज बेलुकी पशुपतिनाथ मन्दिर, बागमतीमा विशेष आरती गरिएको हो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष लोकेश ढकालले १४ वर्षअघि किसुनजीको शव पशुपतिमा जलेसँगै मूल्य, मान्यता र निष्ठाको राजनीति पनि जलेको धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको पनि उपस्थिति रहेको थियो ।
विसं १९८१ पुस ८ गते जन्मनुभएका किसुनजीको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनी देशको दुई पटक कार्यकारी प्रमुखको भूमिकामा रहँदा पनि अध्यात्मलाई नछोडेको धेरैले स्मरण गर्ने गरेका छन् । विसं २०१५ मा पहिलो पटक निर्वाचित संसद्को सभामुखका रूपमा पनि किसुनजीले काम गरेका थिए ।
किसुनजी अडान भएको, आदर्शमा नचुक्ने नेताका रूपमा चिनिन्छन् । पञ्चायतकालमा सुन्दरीजल बन्दी गृहमा बस्दा बिपी कोइराला र गणेशमान सिंह पञ्चायतले तयार गरेको कागजातमा हस्ताक्षर गरेर निस्किँदा पनि किसुनजी थप २० महिना एक्लै जेल बसी कागजातमा हस्ताक्षर नगरी निस्किएको इतिहास छ ।
प्रधानमन्त्री भएका बेला किसुनजीले बालुवाटारमा सरकारी काममा आएकालाई सरकारी भान्साबाट चियापान गराउने र आफूलाई व्यक्तिगत कामले भेट्न आएकालाई निजी भान्साबाट चिया खुवाउने गरेको स्मरण गर्छन् स्वामी आनन्द अरुण । दार्शनिक चाणक्यमा जस्तै मितव्ययी दर्शन किसुनजीमा पनि रहेको उनको भनाइ छ ।
स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
विसं २०८० पुस ८ गतेदेखि २०८१ पुस ८ गतेसम्म किसुनजीको जन्म शताब्दी वर्ष मनाइएको थियो । किसुनजीको जन्म शताब्दी वर्षकै अवसरमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष एवं कांग्रेस नेता ढकालले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण