विराटले उछिने सचिनलाई
दुबई । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको खेलमा भारत ४ विकेटले विजयी बन्यो । भारतको जितमा स्टार खेलाडी विराट कोहली पुनः एकपटक नायक साबित भए ।
कोहलीले ८४ रनको शानदार इनिङ्स खेले । ९८ बलमा उनले ५ चौका प्रहार गरे । योसँगै आईसीसीको एकदिवसीय प्रतियोगिता (विश्वकप र च्याम्पियन्स ट्रफी) मा कोहलीले २४ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । उनले भारतका महान् ब्याटर सचिन तेन्दुल्करको रेकर्ड उछिनेका छन् । सचिनले २३ पटक यो उपलब्धि हात पारेका थिए ।
यसैगरी, च्याम्पियन्स ट्रफीमा पनि कोहलीले ७ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । उनले सौरभ गांगुली, राहुल द्रविड र शिखर धवनको ६ पटकको रेकर्ड उछिनेका छन् ।
कोहलीले च्याम्पियन्स ट्रफीमा आफूले भाग लिएका सबै तीन सेमिफाइनलमा अर्धशतक बनाएका छन् । ती सबै लक्ष्यलाई पछ्याउँदा आएका हुन् । उनले यसअघि सन् २०१३ मा श्रीलंकाविरुद्ध ५८ रन तथा सन् २०१७ मा बंगलादेशविरुद्ध ९६ रन बनाएका थिए ।
कोहली र अस्ट्रेलियाका स्टिभ स्मिथले आईसीसी प्रतियोगिताको नकआउट चरणमा ५ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । यस मामिलामा सचिन तेन्दुल्कर (६ पटक) मात्र उनीहरूभन्दा अघि रहेका छन् ।
स्रोत : ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण