एकदिवसीय शृङ्खला खेल्न नेपाल भ्रमणमा आउँदै अफगानिस्तानको यू–१९ टोली
बुधबार, २१ फागुन २०८१, ०९ : ३०
काठमाडौँ । अफगानिस्तानको यू–१९ क्रिकेट टोली अर्को महिना नेपाल भ्रमणमा आउने भएको छ । भ्रमणका क्रममा अफगानिस्तानको यू–१९ टोली र नेपालको यू–१९ टोलीबिच तीनवटा ‘युथ एकदिवसीय अन्तर्राष्ट्रिय’ खेलको शृङ्खला खेलिने छ ।
नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिच पहिलो एकदिवसीय खेल आगामी अप्रिल ३ तारिखमा खेलिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यी दुई टोलीबिच दोस्रो खेल अप्रिल ६ तारिखमा खेलिने छ ।
यसैगरी, शृङ्खलाको तेस्रो खेल अप्रिल ९ तारिखमा खेलिने छ । नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिचको तीनवटै खेल मुलपानी क्रिकेट मैदानमा खेलिने पनि क्यानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण