एकदिवसीय शृङ्खला खेल्न नेपाल भ्रमणमा आउँदै अफगानिस्तानको यू–१९ टोली
बुधबार, २१ फागुन २०८१, ०९ : ३०

काठमाडौँ । अफगानिस्तानको यू–१९ क्रिकेट टोली अर्को महिना नेपाल भ्रमणमा आउने भएको छ । भ्रमणका क्रममा अफगानिस्तानको यू–१९ टोली र नेपालको यू–१९ टोलीबिच तीनवटा ‘युथ एकदिवसीय अन्तर्राष्ट्रिय’ खेलको शृङ्खला खेलिने छ ।
नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिच पहिलो एकदिवसीय खेल आगामी अप्रिल ३ तारिखमा खेलिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यी दुई टोलीबिच दोस्रो खेल अप्रिल ६ तारिखमा खेलिने छ ।
यसैगरी, शृङ्खलाको तेस्रो खेल अप्रिल ९ तारिखमा खेलिने छ । नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिचको तीनवटै खेल मुलपानी क्रिकेट मैदानमा खेलिने पनि क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-
विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
-
जब रन लिन दौडिरहेका ब्याट्सम्यानको खल्तीबाट मोबाइल खस्यो...
-
दराजद्वारा बेस्ट डिल अभियानको घोषणा
-
विशेष आर्थिक क्षेत्र ‘सेज’मा किन आकर्षित छैनन् उद्योगी ?
-
नीतिगत सुधारका कारण सेजमा आकर्षण बढ्दैछ