अलग भएका हुन् तमन्ना र विजय ?
बुधबार, २१ फागुन २०८१, १० : ३५
मुम्बई । बलिउड जोडी तमन्ना भाटिया र विजय वर्माको ब्रेकअप भएको खबर आएको छ । यो जोडीले सन् २०२५ मा विवाह गर्न सक्ने समाचार आइरहेका बेला भारतीय सञ्चारमाध्यमले उनीहरू अलग भएको समाचार प्रकाशित गरेका हुन् ।
'लस्ट स्टोरीज २' फेम जोडीको ब्रेकअपको खबरले उनीहरूका प्रशंसकलाई स्तब्ध पारेको छ। पिंकभिल्लाको रिपोर्ट अनुसार, तमन्ना भाटिया र विजय वर्माको सम्बन्धले नयाँ मोड लिएको छ । केही हप्ता अघि मात्र दुवैले आफ्नो सम्बन्ध समाप्त गरेर सधैँको लागि अलग भएका हुन्।
तमन्ना र विजयको नजिकको स्रोतले यो खबरको पुष्टि गरेका छन्। रिपोर्टका अनुसार तमन्ना र विजय अब साथ नभए पनि, उनीहरू एकअर्काप्रति पारस्परिक सम्मान राख्छन्। यो जोडीले अहिलेसम्म आफ्नो ब्रेकअपको आधिकारिक घोषणा भने गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण