अलग भएका हुन् तमन्ना र विजय ?
बुधबार, २१ फागुन २०८१, १० : ३५

मुम्बई । बलिउड जोडी तमन्ना भाटिया र विजय वर्माको ब्रेकअप भएको खबर आएको छ । यो जोडीले सन् २०२५ मा विवाह गर्न सक्ने समाचार आइरहेका बेला भारतीय सञ्चारमाध्यमले उनीहरू अलग भएको समाचार प्रकाशित गरेका हुन् ।
'लस्ट स्टोरीज २' फेम जोडीको ब्रेकअपको खबरले उनीहरूका प्रशंसकलाई स्तब्ध पारेको छ। पिंकभिल्लाको रिपोर्ट अनुसार, तमन्ना भाटिया र विजय वर्माको सम्बन्धले नयाँ मोड लिएको छ । केही हप्ता अघि मात्र दुवैले आफ्नो सम्बन्ध समाप्त गरेर सधैँको लागि अलग भएका हुन्।
तमन्ना र विजयको नजिकको स्रोतले यो खबरको पुष्टि गरेका छन्। रिपोर्टका अनुसार तमन्ना र विजय अब साथ नभए पनि, उनीहरू एकअर्काप्रति पारस्परिक सम्मान राख्छन्। यो जोडीले अहिलेसम्म आफ्नो ब्रेकअपको आधिकारिक घोषणा भने गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु
-
विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
संसद् भवन पुगे राष्ट्रपति
-
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)
-
प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : हितेन्द्रदेव शाक्य