ट्रम्पको भाषणको समयमा कंग्रेसमा हो–हल्ला
वासिङ्टन डीसी । मार्च ५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेसमा संयुक्त बैठकलाई सम्बोधन गरे । यस क्रममा कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरूबिच तनाव स्पष्ट रूपमा देखिन्थ्यो । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्रेटहरूको आलोचना गरिरहेका बेला डेमोक्रेटिक सांसदहरूले हो–हल्ला गर्न थाले ।
भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्यो र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिए । ग्रिनलाई सदनबाट बाहिर निस्केपछि मात्रै ट्रम्पले आफ्नो भाषण जारी राखे । यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्रेटिक सदस्यहरूले आफ्नो टी–शर्ट र ब्लेजरमा ‘रेजिस्ष्ट’ लेखेका थिए । ट्रम्पको सम्बोधन बहिष्कार गर्दै उनीहरू सदनबाट बाहिर निस्किए ।
‘जनतामा सुरक्षाको भावना सिर्जना गर्न पहिलो दिनदेखि नै १०० कार्यकारी आदेश र ४०० भन्दा बढी प्रशासनिक निर्णयहरू लिइयो ।’ भाषणका क्रममा ट्रम्पले भने । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल घोषित गरेका छन् ।
पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको पनि उनले बताए । ट्रम्पले पाँचौँ पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्रेटिक सदस्यहरूलाई मिलेर काम गर्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण