सरकारी सम्पत्ति बेच्ने तयारीमा ट्रम्प, एफबीआई मुख्यालयसमेत ४४३ भवन खाली गरिँदै
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अब सरकारी सम्पत्ति बेच्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले ४४३ वटा बढी सङ्घीय सम्पत्तिहरूको सूची जारी गरेको छ । यसमा एफबीआई मुख्यालयदेखि न्याय मन्त्रालयको मुख्य भवनसम्म कयौँ सरकारी भवन परेका छन् । यी भवनहरू सरकारी कामका लागि महत्त्वपूर्ण नभएको ट्रम्प प्रशासनको ठम्याई छ ।
सामान्य सेवा प्रशासनले जारी गरेको सूचीमा देशका हरेक राज्यका भवनहरू छन् । यसमा अदालतदेखि कार्यालय र पार्किङ ग्यारेजसम्म सम्पत्ति छन् । सूचीमा वासिङ्टन डीसीमा रहेका कयौँ सरकारी एजेन्सीहरूको मुख्यालय समावेश छ । यसमध्ये केही एफबीआईको मुख्यालय, जे. एडगर हूवर भवन, न्याय मन्त्रालयको रोबर्ट एफ. केनेडी भवन, पुरानो हुलाक कार्यालय भवन, अमेरिकी रेडक्रसको मुख्यालय, श्रम मन्त्रालय र आवास तथा शहरी विकास मन्त्रालयका भवनहरू पनि बेच्न लागिएको सम्पत्तिको सूचीमा छन् ।
सूचीमा इन्डियानाको मेजर जनरल एम्मेट जे. बीन फेडरल सेन्टर, साम नन एटलान्टा फेडरल सेन्टर र सान फ्रान्सिस्कोको स्पिकर न्यान्सी पेलोसी फेडरल भवन पनि छन् । सरकारी कामकाज सञ्चालनको लागि अहम् नभएका वा त्यति धेरै अहम् नभएका भवन र ठाउँ पहिचान गरेको सामान्य सेवा प्रशासनले बताएको छ । सरकारी सम्पत्तिहरू बेच्नाले करदाताको पैसा अब खाली वा कम प्रयोगमा आउने सङ्घीय स्थानमा खर्च नहुने कुरा सुनिश्चित हुनेछ । यसले महंगो मर्मतसम्भार हटाउन मद्दत गर्ने उनले बताए ।
सरकारले बेच्ने तयारी गरेको अधिकांश भवन कार्यालय भएको बताइएको छ । दशकौँदेखि रकम अभावमा यीमध्ये धेरै भवनहरू जीर्ण भइसकेका छन् । यी सङ्घीय कार्यबलद्वारा प्रयोगको लागि अनुपयुक्त भएको अनि यी भवनलाई बेच्दा करदाताहरूले तिरेको पैसा खाली र कम प्रयोग भएको सङ्घीय कार्यालय स्थान वा दीर्घकालीन भवनको मर्मत सम्भारमा खर्च नहुने उनले बताए । यस उपायबाट वार्षिक सञ्चालन लागतमा ४३ करोड डलरभन्दा बढी बचत हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण