कंग्रेसमा ट्रम्पले पढेको जेलेन्स्कीको चिठ्ठीमा के लेखिएको थियो ?
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेका थिए । यस क्रममा उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा भएको विवादबारे कुरा गरे ।
‘मैले जेलेन्स्कीबाट पत्र प्राप्त गरेको छुँ । पत्रमा जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेका छन्’ ट्रम्पले भनेका छन् । आफ्नो प्रशासनले पनि रुस शान्तिको लागि तयार छ भन्ने बलियो संकेत पाएको उनले बताए ।
युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार भएको आफ्नो सम्बोधनको क्रममा जेलेन्स्कीको पत्र पढ्दै ट्रम्पले भनेका थिए । युक्रेनका जनताले भन्दा बढी शान्ति अरू कसैले नचाहेको अनि अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको बदलामा जेलेन्स्कीले खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाएका छन् ।
‘म र मेरो टोली दिगो शान्तिको लागि ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौँ । युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउन अमेरिकाले गरेको कामको हामी साँच्चै कदर गर्छौ । खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा युक्रेन तपाईंको लागि सुविधाजनक कुनै पनि समयमा हस्ताक्षर गर्न तयार छ’ पत्रमा जेलेन्स्कीले भनेका छन् ।
ह्वाइट हाउसको बैठकमा भएको थियो तनाव
ह्वाइट हाउसको ओभल अफिसमा जेलेन्स्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबिच हालै भएको भेटवार्ताका क्रममा झगडा भएको थियो । बैठकमा जेलेन्स्कीले युक्रेनको युद्ध प्रयासका लागि अमेरिकी समर्थन मागेका थिए । तर छलफल चाँडै नै तनावपूर्ण भयो ।
ट्रम्पले जेलेन्स्कीलाई युक्रेन रुसले कब्जा गरिसकेको केही भूभाग त्याग्न तयार छ भनेर सोधेका थिए । यसैबिच भान्सले जेलेन्स्कीलाई अमेरिकी सहयोगप्रति कृतज्ञता नदेखाएको आरोप लगाए ।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध भड्काउन खोजेको भनेपछि यो बहस अरु बढ्यो । यसक्रममा जेलेन्स्कीले रुसको आक्रामकताले भविष्यमा अमेरिकालाई पनि असर गर्न सक्ने चेतावनी दिए ।
यो सुनेर ट्रम्पले अचानक बैठक समाप्त गरे र संयुक्त पत्रकार सम्मेलन रद्द गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण