बिक्री घट्न थालेपछि चीनमा यस्तो तिकडम अपनाउँदैछ टेस्ला
बेइजिङ । यस वर्षको सुरुदेखि नै चीनमा अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको बिक्री सुस्ताउन थालेको थियो । बिक्री घट्न थालेपछि कम्पनी छुटमा आफ्ना कारहरू बेच्न बाध्य भयो ।
युरोपमा पनि कम्पनीको बिक्रीको अवस्था राम्रो नभएको बेला सबैभन्दा ठुलो बजार चीनमा बिक्री घटेपछि टेस्लाले यो निर्णय लिएको हो । यति गर्दा पनि ग्राहकहरू तान्न नसकेपछि टेस्लाले अन्य उपाय अपनाउन थालेको छ ।
बिक्री बढाउन अब कम्पनीले चीनमा निःशुल्क लाइफटाइम सुपरचार्जिङ र सस्तो फाइनान्सिङ जस्ता आकर्षक अफरहरू दिन थालेको छ । फेब्रुअरी २८ पछि फाउन्डेसन सिरिज साइबर ट्रक किन्नेहरूका लागि टेस्लाले चीनमा आजीवन निःशुल्क सुपरचार्जिङ दिँदैछ । यस बाहेक पनि मोडेल ३ मा शून्य प्रतिशतमा एपीआर (ब्याज दर) वा डाउन पेमेन्ट बिना खरिद विकल्प पनि दिइरहेको छ । पुरानो मोडेल वाई भेरियन्टहरूमा पनि टेस्लाले छुटको घोषणा गरेको छ ।
कम्पनीले आफ्नो महँगो मोडेल एक्स र एसमा लाइफटाइम सुपरचार्जिङ पनि दिन थालेको छ । यी अफरहरूले ग्राहकहरूलाई आकर्षित गर्न र कम्पनीको घट्दो बिक्रीलाई फेरि ट्रयाकमा ल्याउन मद्दत गर्ने आशामा कम्पनी छ ।
वर्षको पहिलो त्रैमासमा चीनमा टेस्लाको विक्री ४९ प्रतिशतले घटेको छ । फेब्रुअरीमा फ्रान्समा टेस्लाको रजिस्ट्रेसन २६ प्रतिशतले घटेको छ । जनवरीमा युरोपभर बिक्रीमा ४५ प्रतिशतको कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण