उडिरहेको विमानमा जब एक यात्रीले ढोका खोल्न थाले...
बुधबार, २१ फागुन २०८१, १६ : ०७
स्पेन । उडिरहेको विमानमा एक यात्रीले घातक गतिविधि गर्न खोजेपछि चालक दलका सदस्यले बाँधेर राख्नुपरेको घटना प्रकाशमा आएको छ ।
फेब्रुअरी २८ मा म्याड्रिडबाट काराकास जाँदै गरेको प्लस अल्ट्रा एयरको उडान ७०१ मा एक यात्रीले अचानक विमानको ढोका खोल्न खोजेका थिए ।
लगत्तै चालक दलका सदस्य र अन्य यात्री मिलेर ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि ती व्यक्तिलाई बाँकी यात्रा अवधिभर बाँधेर राखिएको थियो ।
यो घटनामा चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको थियो । ती यात्रीलाई भने विमानको पछाडिको भागमा लगेर बाँधेर राखिएको बताइन्छ ।
उक्त घटनाको भिडियो अहिले विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् ।
प्लस अल्ट्रा एयरका प्रवक्ताले घटनाको पुष्टि गर्दै उक्त घटनामा संलग्न यात्रीलाई चालक दलका सदस्यले सावधानीपूर्वक नियन्त्रणमा लिएको प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण