उडिरहेको विमानमा जब एक यात्रीले ढोका खोल्न थाले...
बुधबार, २१ फागुन २०८१, १६ : ०७

स्पेन । उडिरहेको विमानमा एक यात्रीले घातक गतिविधि गर्न खोजेपछि चालक दलका सदस्यले बाँधेर राख्नुपरेको घटना प्रकाशमा आएको छ ।
फेब्रुअरी २८ मा म्याड्रिडबाट काराकास जाँदै गरेको प्लस अल्ट्रा एयरको उडान ७०१ मा एक यात्रीले अचानक विमानको ढोका खोल्न खोजेका थिए ।
लगत्तै चालक दलका सदस्य र अन्य यात्री मिलेर ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि ती व्यक्तिलाई बाँकी यात्रा अवधिभर बाँधेर राखिएको थियो ।
यो घटनामा चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको थियो । ती यात्रीलाई भने विमानको पछाडिको भागमा लगेर बाँधेर राखिएको बताइन्छ ।
उक्त घटनाको भिडियो अहिले विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् ।
प्लस अल्ट्रा एयरका प्रवक्ताले घटनाको पुष्टि गर्दै उक्त घटनामा संलग्न यात्रीलाई चालक दलका सदस्यले सावधानीपूर्वक नियन्त्रणमा लिएको प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म