चर्चित फिल्म दिइसकेका अभिनेता अहिले ‘बेरोजगार’

नयाँ दिल्ली । बलिउड अभिनेता नील नितिन मुकेशले न्यूयोर्क, जोनी गद्दार, ७ खून माफ र प्रेम रतन धन पायो जस्ता कयौँ चर्चित फिल्ममा काम गरिसकेका छन् ।
बलिउडमा स्थापित भइसक्दा पनि निल यतिबेला कामविहीन भएका छन् । आफूले यति बेला कामै नपाएको निलले हिन्दी रशसँगको कुराकानीमा बताएका छन् । यस्तोमा काम पाउन आफूले गरेको संघर्षबारे पनि उनले बताएका छन् । आफ्नो हरेक फिल्मको सुटिङ सकिने बित्तिकै अभिनेता काम खोज्न थाल्छन् ।
‘म कामका लागि मानिसहरूलाई म्यासेज पठाउँछु । उनीहरूले तुरुन्तै जवाफ दिन्छन् अनि हामी तपाईंलाई सम्झिरहनेछौं र केहि भइहाल्यो भने जानकारी दिनेछौँ । मेरो काम उनीहरूलाई मेरो पनि अस्तित्व छ भनेर सम्झाउनु हो,’ निलले भनेका छन् । आफूले डेब्यू गरेको समयमा कहिलेकाहिँ मात्रै नयाँ अनुहार लञ्च हुने गरेको तर अहिले हरेक हप्ताजसो नयाँ अनुहार लञ्च भइरहेकोले आफू विकल्पमा खुम्चिएको पनि उनले बताए ।
- चर्चित भएपनि जारी छ संघर्ष
नीलले २० वर्ष लामो आफ्नो करियरमा ३० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । भारतका कयौँ उत्कृष्ट निर्देशकहरूसँग उनले काम गरेका छन् ।
‘तर पनि मेरो संघर्ष सकिएको छैन । यो कारोबार हो । तपाईं देखिनु पर्छ, तर धेरै पनि होइन । मलाई लाग्छ मेरो छालाको रंग आज बनिरहेका चलचित्रहरूसँग मेल खाँदैन । सायद निर्देशकहरूलाई लाग्छ कि ग्रामीण परिवेशका फिल्मका भूमिकामा म फिट हुन्न किनकि मानिसहरू भन्छन् कि मेरो छालाको रंग हलिउडमा खेल्ने अभिनेताहरूको जस्तै छ,’ उनले भनेका छन् ।
नील पछिल्लो पटक ‘हिसाब बराबर’मा देखिएका थिए । फिल्ममा आर माधवन मुख्य भूमिकामा थिए । यसमा कीर्ति कुल्हारी, रश्मि देसाई र फैसल रशिद पनि थिए । यो फिल्म टिकट चेकरमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स