चर्चित फिल्म दिइसकेका अभिनेता अहिले ‘बेरोजगार’
नयाँ दिल्ली । बलिउड अभिनेता नील नितिन मुकेशले न्यूयोर्क, जोनी गद्दार, ७ खून माफ र प्रेम रतन धन पायो जस्ता कयौँ चर्चित फिल्ममा काम गरिसकेका छन् ।
बलिउडमा स्थापित भइसक्दा पनि निल यतिबेला कामविहीन भएका छन् । आफूले यति बेला कामै नपाएको निलले हिन्दी रशसँगको कुराकानीमा बताएका छन् । यस्तोमा काम पाउन आफूले गरेको संघर्षबारे पनि उनले बताएका छन् । आफ्नो हरेक फिल्मको सुटिङ सकिने बित्तिकै अभिनेता काम खोज्न थाल्छन् ।
‘म कामका लागि मानिसहरूलाई म्यासेज पठाउँछु । उनीहरूले तुरुन्तै जवाफ दिन्छन् अनि हामी तपाईंलाई सम्झिरहनेछौं र केहि भइहाल्यो भने जानकारी दिनेछौँ । मेरो काम उनीहरूलाई मेरो पनि अस्तित्व छ भनेर सम्झाउनु हो,’ निलले भनेका छन् । आफूले डेब्यू गरेको समयमा कहिलेकाहिँ मात्रै नयाँ अनुहार लञ्च हुने गरेको तर अहिले हरेक हप्ताजसो नयाँ अनुहार लञ्च भइरहेकोले आफू विकल्पमा खुम्चिएको पनि उनले बताए ।
- चर्चित भएपनि जारी छ संघर्ष
नीलले २० वर्ष लामो आफ्नो करियरमा ३० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । भारतका कयौँ उत्कृष्ट निर्देशकहरूसँग उनले काम गरेका छन् ।
‘तर पनि मेरो संघर्ष सकिएको छैन । यो कारोबार हो । तपाईं देखिनु पर्छ, तर धेरै पनि होइन । मलाई लाग्छ मेरो छालाको रंग आज बनिरहेका चलचित्रहरूसँग मेल खाँदैन । सायद निर्देशकहरूलाई लाग्छ कि ग्रामीण परिवेशका फिल्मका भूमिकामा म फिट हुन्न किनकि मानिसहरू भन्छन् कि मेरो छालाको रंग हलिउडमा खेल्ने अभिनेताहरूको जस्तै छ,’ उनले भनेका छन् ।
नील पछिल्लो पटक ‘हिसाब बराबर’मा देखिएका थिए । फिल्ममा आर माधवन मुख्य भूमिकामा थिए । यसमा कीर्ति कुल्हारी, रश्मि देसाई र फैसल रशिद पनि थिए । यो फिल्म टिकट चेकरमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण