राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापाको पार्टीमा प्रवेश
बुधबार, २१ फागुन २०८१, १७ : ०४
काठमाडौँ । राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छन् । उनले केही समयअघि राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् ।
बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे । थापाले सबै राजावादी , हिन्दुवादी र सङ्घीयता विरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए । दलहरूकै असक्षमता र असफलताको कारण अब सङ्घीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो । यस्तै शाहले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाको सूत्रधार कमल थापा भएकाले उनलाई नै साथ दिन आफू पार्टीमा आएको बताइन् ।
रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण