परशुराम साहित्य महोत्सव दोस्रो संस्करण फागुन २२ गतेदेखि
धनगढी । डडेल्धुराको परशुराम नगरपालिका द्वारा आयोजित परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण यही फागुन २२ र २३ गते परशुरामधाममा हुँदैछ। परशुराम नगरपालिकाले यो महोत्सवको दोस्रो संस्करण सञ्चालन गर्न लागेको हो।
गृह मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा साहित्य महोत्सवको बिहीबार उद्घाटन गरिने छ। यस महोत्सवले सुदूरपश्चिम प्रदेशको साहित्यिक, सांस्कृतिक, आर्थिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्दै प्रदेशको समग्र सम्भावना र विकासको मार्गचित्र प्रस्तुत गर्ने उद्देश्य लिएको बताइएको छ।
नगरप्रमुख भरत बडायर जोशीका अनुसारका प्रदेशको पहिचानलाई समृद्ध बनाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै प्रसिद्ध धार्मिक स्थल परशुराम धामको प्रचारप्रसारसँगै विकासका लागि पनि यो महोत्सवको उद्देश्य रहेको छ।
महोत्सवका मुख्य सत्रहरूमा साहित्यिक विमर्श, संस्कृति, इतिहास, पर्यटन, प्रविधि, राजनीति, शिक्षा र युवाका अवसरहरू समेटिएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण