नौ महिना लामो निलम्बनमा परे फ्रान्सेली क्लब लियोनका प्रमुख प्रशिक्षक फोन्सेका
काठमाडौँ । फ्रान्सेली फुटबल क्लब लियोनका प्रमुख प्रशिक्षक पाउलो फोन्सेका करिब नौ महिना लामो निलम्बनमा परेका छन् । प्रतियोगिताका क्रममा खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको र जिम्मेबारी वहन गर्न अवरोध सृजना गरेको आरोपमा उनी निलम्बनमा परेका हुन् ।
५२ वर्षीय प्रमुख प्रशिक्षक फोन्सेकाले मार्च २ तारिखमा खेलिएको ब्रेस्टविरुद्धको खेलका क्रममा अफिसियलमाथि अभद्र व्यवहार गरेका थिए । उक्त खेलमा लियोनले ब्रेस्टलाई २–१ गोलले हराएको थियो । उक्त घटनापछि उनलाई तत्कालै बाहिर निकालिएको थियो ।
फ्रान्सको व्यवसायिक फुटबल लिगले पनि यो समाचारको पुष्टि गरेको छ । निलम्बनमा परेका पोर्चुगिज प्रशिक्षक फोन्सेकाले अब आगामी नोभेम्बर ३० तारिखसम्म खेल स्थलमा कुनै पनि गतिविधि गर्न पाउने छैनन् ।
निलम्बनको अवधिमा उनले खेलका क्रममा बेन्चमा बस्न, अफिसियलहरुको ड्रेसिङ रुममा जान र खेलअघि वा पछि कुनै पनि गतिविधि गर्न पाउने छैनन् । व्यवसायिक फुटबल लिगले उनलाई सेप्टेम्बर १५ तारिखसम्म त आफ्नै खेलाडीको ड्रेसिङ रुपमा जानसमेत रोक लगाएको छ ।
लियोनले भने आफ्ना प्रमुख प्रशिक्षकलाई सुनाइएको कठोर सजायबाट आफूहरु स्तब्धः भएको प्रतिक्रिया दिएको छ । लियोनले यो सजायविरुद्धमा पुनरावेदन गर्छ वा गर्दैन भन्ने विषयमा भने हालसम्म केही बताइएको छैन ।
तर, लियोनले यो सजायविरुद्ध पुनरावेदन गर्ने प्रवल सम्भावना छ । लियोनले हालसम्म ६ पटक फ्रेन्च लिगको उपाधि जितिसकेको छ । फ्रेन्च लिगको जारी सिजनमा भने लियोन अंक तालिकाको छैटौँ स्थानमा छ । यो सिजन लियोनले २४ खेलबाट ३९ अंक बटुलेको छ ।
उक्त घटनापछि प्रमुख प्रशिक्षक फोन्सेकाले आफूबाट गल्ति भएको स्वीकार गर्दै माफीसमेत मागेका थिए । उनले गत जनवरी ३१ तारिखमा लियोनको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । त्यसअघि उनी इटालियन क्लब एसी मिलानका प्रमुख प्रशिक्षक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण