नागार्जुनबाट १५ सय ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ
बिहीबार, २२ फागुन २०८१, ११ : ३०
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित सिंगल ट्रिबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ छन् ।
आरोपीको साथबाट प्रहरीले १५ सय ६० एम्पुल लागुऔषध बरामद गरेको छ । श्रेष्ठको साथबाट ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५ सय एम्पुल बुप्रेनर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनीविरुद्ध लागुऔषध मुद्दा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण