नागार्जुनबाट १५ सय ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ
बिहीबार, २२ फागुन २०८१, ११ : ३०
_OQmh4wQENQ.jpg)
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित सिंगल ट्रिबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ छन् ।
आरोपीको साथबाट प्रहरीले १५ सय ६० एम्पुल लागुऔषध बरामद गरेको छ । श्रेष्ठको साथबाट ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५ सय एम्पुल बुप्रेनर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनीविरुद्ध लागुऔषध मुद्दा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन
-
कचनकवल–सोलु जागरण अभियानबाट माओवादीले दिन खोजेको सन्देश के हो ?
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ
-
तीनकुने घटना : रास्वपा सांसद परियारको गाडीमा आगजनी आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ
-
रथले मच्छिन्द्रनाथकी आमालाई परिक्रमा गराइयो