कन्नड अभिनेत्री रान्या रावको फ्ल्याटमा भेटियो २ करोडको सुन
नयाँ दिल्ली । कन्नड अभिनेत्री रान्या रावलाई मार्च ३ मा बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ दशमलव २ किलो सुनको साथमा पक्राउ गरिएको थियो । उनीविरुद्ध सुन तस्करीको मुद्दा दर्ता भएको छ । प्रहरीले बुधबार लाभेल रोडमा रहेको रान्याको विलासी अपार्टमेन्टमा छापा मारेको थियो । उक्त फ्ल्याटबाट २ करोड १० लाख भारु मूल्य बराबरको सुनको गर–गहना र २ करोड ७० लाख भारु नगद बरामद गरिएको छ ।
रान्या कर्नाटक प्रहरी आवास निगमका डीजीपी रामचन्द्र रावकी सौतेनी छोरी हुन् । मार्च ३ को राति दुबईबाट बेंगलुरु फर्कने क्रममा उनलाई केम्पेगौडा विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले १४ दशमलव २ किलो सुनसहित पक्राउ गरेको थियो । रान्याले गोल्ड बार आफ्नो पेटीमा लुकाएर ल्याएकी थिइन् ।
रान्यासँग आफ्नो कुनै सम्बन्ध नभएको डीजीपी रामचन्द्र रावले भनेका थिए । ‘मेरो करियरमा कुनै कालो धब्बा छैन । अन्य पिताजस्तै जब मैले मिडिया मार्फत यो कुरा थाहा पाएँ, म छक्क परेँ । मलाई यीमध्ये कुनै पनि कुराको कुनै जानकारी थिएन । म यो भन्दा बढी केही भन्न चाहन्न। रान्या अब हामीसँग बस्दिनन् । उनी आफ्नो श्रीमानसँग छुट्टै बस्दै आएकी थिइन् ।’ रावले भने ।
१४ दिनको न्यायिक हिरासतमा छिन् अभिनेत्री
पक्राउ परेपछि रान्या रावलाई अदालतमा पेश गरिएको थियो । उनलाई ४ दिनको न्यायिक हिरासतमा राखिएको छ । रान्याले कन्नड फिल्म माणिक्य र पत्कीमा काम गरिसकेकी छिन् । रान्याले आफ्नो शरीर, तिघ्रा र कम्मरमा टेप लगाएर सुन लुकाएर ल्याएकी थिइन् । आफ्नो लुगामा सुन लुकाउन, उनले मोडिफाइड ज्याकेट र नाडी बेल्ट प्रयोग गरेकी थिइन् । रान्याले प्रति किलो सुन ल्याउन १ लाख रुपैयाँ पाउने स्रोतको दाबी छ ।
डीआरआईका अधिकारीहरूका अनुसार रान्या राव दुबईबाट एमिरेट्सको फ्लाइटबाट भारत फर्किएकी थिइन् । पछिल्लो १५ दिनमा उनी चार पटक दुबई गएकी थिइन् । त्यसैले सुरक्षा एजेन्सीहरूले पहिले नै उनको गतिविधिमाथि नजर राखेका थिए । डीआरआईको दिल्ली टोलीलाई सुन तस्करीमा रान्याको संलग्नता पहिले नै थाहा थियो । त्यसैले, मार्च ३ मा, अधिकारीहरू उनको फ्लाइट अवतरण हुनुभन्दा दुई घण्टा अघि विमानस्थल पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण