आईपीएलमा बीसीसीआईको नयाँ नियम
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।
यसपटक आईपीएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही नयाँ नियम जारी गरेको छ । यी नियम खेलाडीको पारिवारका सदस्यदेखि लिएर अभ्यास सत्रसम्म जोडिएका छन् ।
यी नियमको विषयमा बीसीसीआईले आईपीएलमा सहभागी क्लबहरुलाई समेत जानकारी गराइसकेको समाचारमा जनाइएको छ । नयाँ नियमअनुसार आगामी आईपीएलमा खेलाडीहरुले अभ्यास सत्रमा पनि परिवारका सदस्यलाई लैजान पाउने छैनन् ।
आईपीएलका क्रममा खेलाडीले परिवारको सदस्य र सहयोगीहरुलाई ड्रेसिङ रुपमा लैजान पाउने छैनन् । अनुमति नलिई खेलाडीले आफ्ना सहयोगीलाई अभ्यास सत्रमा समेत लैजान पाउने छैनन् । परिवारका सदस्य र सहयोगीले छुट्टै वहानमार्फत गएर टाढैबाट अभ्यास सत्रको अवलोकन गर्न भने पाउने छन् ।
आगामी आईपीएलमा अभ्यास सत्रका लागि सहभागी टोलीलाई छुट्टाछुट्टै मैदान उपलब्ध गराइने छ । खेल हुने दिन कुनै पनि टोलीले अभ्यास गर्न पाउने छैनन् । खेल हुने दिन खेलाडीको फिटनेश परीक्षण गर्न पनि पाइने छैन ।यसैगरी, खेलका क्रममा कुनै पनि ब्याट्सम्यानले एलईडी बोर्डलाई लक्ष्य बनाएर छक्का प्रहार गर्न पाउने छैन ।
यदि कुनै ब्याट्सम्यानले यो नियमको उल्लंघन गरे पहिलो पटक चेतावनी दिइने छ । फेरि पनि सोही गल्ति दोहो¥याए सम्बन्धित खेलाडी र टोलीले सजायको भागिदार बन्नु पर्नेछ । यसअघि, बीसीसीआईले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीका लागि पनि यस्तै कडा नियम लागू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण