बार निर्वाचन : श्रेष्ठले दाबी नछाडेपछि पीपीएलएले फेर्यो गठबन्धन, साझा उम्मेदवार मिश्र
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)बिच गठबन्धन हुने भएको छ ।
नेकपा माओवादीनिकट गणतान्त्रिक कानुन व्यवसायी सङ्गठन (आरपीएलए) र पीपीएलएबीच गठबन्धनको तयारी भए पनि आरपीएलएबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दाबी नछाडेपछि पीपीएलएले डीएलएसँग गठबन्धन गरेको हो ।
पीपीएलएका एक वरिष्ठ अधिवक्ताले भने– ‘आरपीएलए र पीपीएलएबीच गठबन्धन हुने समझदारी थियो । तर रमन श्रेष्ठले आफ्नो दाबी छाड्नुभएन पीपीएलएको मतदाता ५०० हाराहारी हो । हामी ३ हजार बढी मतदाता छौँ । हामीले स्वीकार गरेनौँ ।’
आरपीएलएसँग गठबन्धन नगरेको पीपीएलएले अध्यक्ष पदको उम्मेदवार डीएलएबाट बनाउन सहमत भएको छ । पीपीएलएबाट टिकटको दाबी गरेका एक वरिष्ठ अधिवक्ताले भने– ‘पीपीएलए–डीएलएको साझा उम्मेदवार विजय मिश्रलाई बनाउने सहमति भएको छ ।’
यता डीएलएले भने साझा उम्मेदवारको टुंगो नलागेको बताएको छ । डीएलएका एक वरिष्ठ अधिवक्ताले भने– ‘माथिबाट मिश्रलाई टिकट दिलाउन दबाब आएको छ । तर डीएलएले आधिकारिक निर्णय गरेको छैन । हामी पार्टीको हस्तक्षेप स्वीकार गर्दैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण