५ सय करोड क्लबको नजिक पुग्यो विक्कीको ‘छावा’
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म छावाले बक्स अफिसमा बलियो पकड जमाएको छ । रिलिज भएको २० दिन बितिसक्दा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म कयौँ रेकर्ड आफ्नो नाममा लेखाएको छ ।
गएको बुधवार फिल्मले भारतीय बक्स अफिसमा ६ करोड २४ लाख भारु कलेक्सन गरेको छ । फिल्म ५०० करोड क्लबबाट थोरै मात्रै पर छ । योसँगै फिल्मको कूल बक्स अफिस कलेक्सन ४७८ करोड १५ लाख भारुमा पुगेको छ ।
छत्रपति सम्भाजी महाराजको जीवनमा आधातिर फिल्मको क्रेज देखेर मेकरहरूले फिल्मको तेलुगु भर्जन पनि रिलिज गरेका छन् । छावामा विक्की कौशल मुख्य भूमिकामा छन् । यसबाहेक फिल्ममा रश्मिका मंदाना, आशुतोष राणा, दिव्या दत्ता डायना पेन्टी आदि पनि मुख्य भूमिकामा देखिएका छन् ।
अभिनेता अक्षय खन्नाले फिल्ममा खलपात्र औरंगजेबको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा अक्षयको अभिनयको निकै तारिफ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण