‘एचपीभी खोप ट्रायलका लागि लगाइने भनाइमा सत्यता छैन’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोप नेपालमा ट्रायलका लागि लगाइएको भनेर भएको प्रचारमा कुनै सत्यता नभएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदले साधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जवाफ दिएका हुन् ।
‘अमेरिकामा २००६, युरोपियन युनियनमा २००७ स्वीकृत तथ्यांक, विश्व स्वास्थ्य संठनबाट सुरक्षित र प्रभावकारी भएका खोपमात्र राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिन्छ’, मन्त्री पौडेलले भने, ‘ती खोपहरू नेपालको नियामक निकाय औषधी व्यवस्था विभागबाट प्रयोगका लागि अनुमति प्राप्त भएपछिमात्र प्रयोगमा ल्याइन्छ ।’
मन्त्री पौडेलले भने, ‘त्यसैले एचपीभी खोप ट्रायल अर्थात् परीक्षणका लागि लगाइने भनाइमा कुनै पनि सत्यता छैन ।’
सरकारले देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिने बताउँदै आएको छ । यसअघि माघ २२ देखि फागुन ६ सम्म यो अभियानकै रूपमा सुरु भैसकेको छ । जुन खोप पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण