मारवाडी सेवा समितिले गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुल्यो
काठमाडौँ । मारवाडी सेवा समितिले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको छ । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच भएको सम्झौता गरेसँगै समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको हो ।
बुधवार न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश गरेको हो । गत असोज २२ गते पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सम्झौता भएको थियो ।
सम्झौतापछि महानगरले धर्मशाला सञ्चालन गरिरहेको समितिलाई हटाउन खोजेको थियो । समितिले महानगर र कोषबिचको सम्झौताविरुद्ध उच्च अदालत पाटनमा रिट हालेको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्चले कात्तिक २ गते अन्तरिम आदेश दिएको थियो । बुधवार सोही रिटमाथि सुनुवाइ गर्दै महानगर र कोषबिचको सम्झौता खारेज गर्ने आदेश गरेको हो ।
गौशाला धर्मशाला सञ्चालनको विषयमा समितिले उक्त जग्गामा आफ्नो ८४ वर्ष अघि देखिको मोहियानी हक रहेको दाबी गर्दै आएको छ । मोहियानी हक प्राप्त जमिनको उपभोग गर्न कुनै सम्झौता गर्नु नपर्ने भन्दै २०६० सालमा भएको सम्झौता ५१ हजार रुपैयाँ सहयोगसँग मात्रै सम्बन्धित रहेको समितिको भनाइ रहेको थियो ।
१९९७ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले रामकुमार अग्रवाल भन्ने व्यक्तिलाई पशुपति गुठीको केही जग्गा दिएका थिए । २०१० सालमा मारवाडी सेवा समिति खुलेपछि सो कार्यलाई सामूहिक रूपमा गर्न थालिएको थियो । त्यतिबेलादेखि नै पशुपतिका लागि दूध उपलब्ध गराउँदै आइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण