काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ गरिएकोप्रति नेविसंघको आपत्ति
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भइरहेको ढिलाइप्रति आपत्ति जनाएको छ । उपकुलपति नियुक्ति प्रक्रियामा देखिएको राजनीतिक हस्तक्षेप, व्यक्तिगत स्वार्थ र अनियमितता अन्त्य गर्दै निष्पक्ष, पारदर्शी, र योग्यताको आधारमा नियुक्ति गर्न माग गरेको छ।
नेविसंघले फागुन ४ गते मनोचिकित्सा विभागकी एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेको घटनाप्रति समेत आपत्ति जनाएको छ। विश्वविद्यालय प्रशासनको उदासीनता र बेवास्ताको कडा आलोचना गरेको छ।
मनोचिकित्सा विभागमा आवासीय चिकित्सकहरूलाई मानसिक यातना, दुर्व्यवहार, अपमानजनक टिप्पणी तथा अस्वस्थ कार्य वातावरण जस्ता समस्याहरूको समाधानका लागि पटक–पटक आवाज उठाउँदा पनि विश्वविद्यालय प्रशासनले कुनै ठोस कदम नचालेको नेविसंघको आरोप छ । घटनाको २० दिन बितिसक्दा पनि पीडितलाई न्याय दिलाउन नसक्नु लज्जास्पद भएको नेविसंघको आरोप छ।
४५ दिनदेखि विश्वविद्यालय नेतृत्वविहीन हुँदा शैक्षिक नीति निर्माण, प्रशासनिक निर्णय, तथा विद्यार्थीका आवश्यकताहरू बेवास्ता हुने अवस्था आएको छ। विश्वविद्यालयको गरिमा जोगाउन तथा शैक्षिक गतिविधि सुचारु गर्न नेतृत्व चयन छिटो टुङ्ग्याउन आवश्यक रहेको समेत जनाएको छ। तर, वर्तमान नियुक्ति प्रक्रिया राजनीतिक दबाब र संस्थागत चलखेलले प्रभावित बनेको भन्दै सङ्गठनले कडा आपत्ति जनाएको छ।
विशेष रूपमा, २०७७ मा ख्ऋ नियुक्त हुँदा ‘नयाँ नेतृत्व आउनुपर्छ’ भन्नेहरू नै अहिले २०८१ मा ‘पुरानै ख्ऋ दोहोरिनुपर्छ’ भन्ने माग राख्नु लज्जास्पद भएको नेविसंघले उल्लेख गरेको छ। विश्वविद्यालयलाई कुनै पनि गुटगत स्वार्थबाट अलग राखी योग्य, सक्षम, र दूरदर्शी नेतृत्व ल्याउनु आवश्यक रहेको सङ्गठनको भनाइ छ।
विश्वविद्यालय प्रशासनलाई निष्पक्ष चयन प्रक्रिया अघि बढाउन आग्रह गर्दै, यदि कुनै बाह्य हस्तक्षेप देखिएमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। नेपाल विद्यार्थी सङ्घ काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा सम्बन्धी विषय तथा उपकुलपति नियुक्ति प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गर्दै निष्पक्ष प्रक्रिया नअपनाइएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण