कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा
बिहीबार, २२ फागुन २०८१, १९ : १६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसद्मा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन् । बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले ऊर्जामन्त्रीले संसद्मा राखेको तर्क तथ्याङ्कमा आधारित नभएको समेत बताएका हुन् ।
उनले वर्तमान सरकारले सेटिङको काम कानुन विपरीत गर्न लगाएपछि कुलमानले अस्वीकार गर्दा प्रतिशोध साध्न खोजेको आरोप लगाए । सापकोटाले कुलमानलाई पदबाट हटाए अहिलेको सरकारलाई निकै महँगो पार्न जाने चेतावनी दिए ।
वर्तमान सरकारकै कारण प्राधिकरणको बक्यौता नउठेको भन्दै उनले त्यसकै आधारमा कुलमानमाथि लगाएको आरोप उचित भएको बताए ।