कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा
बिहीबार, २२ फागुन २०८१, १९ : १६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसद्मा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन् । बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले ऊर्जामन्त्रीले संसद्मा राखेको तर्क तथ्याङ्कमा आधारित नभएको समेत बताएका हुन् ।
उनले वर्तमान सरकारले सेटिङको काम कानुन विपरीत गर्न लगाएपछि कुलमानले अस्वीकार गर्दा प्रतिशोध साध्न खोजेको आरोप लगाए । सापकोटाले कुलमानलाई पदबाट हटाए अहिलेको सरकारलाई निकै महँगो पार्न जाने चेतावनी दिए ।
वर्तमान सरकारकै कारण प्राधिकरणको बक्यौता नउठेको भन्दै उनले त्यसकै आधारमा कुलमानमाथि लगाएको आरोप उचित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण