कार्यसम्पादन भनेको वर्षभर पढेर एउटा जाँच दिएर पास भएजस्तो होइन : भौतिक पूर्वाधारमन्त्री
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन भनेको वर्ष दिन पढेर एक दिन जाँच दिएर पास भएजस्तो नभएको बताएका छन् ।
प्रतिनिधिसभामा शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले काम चरण चरण सम्पन्न हुने भएकाले अहिले २० अङ्क आयो भने त्यो सधैँ रहने नभएको बताए । उनले पुस मसान्तसम्म २० अङ्क आए पनि माघमा थपिएर ५० पुग्न सक्ने बताए ।
उनले भने– ‘कार्यसम्पादन भनेको वर्ष दिन पढेर एक दिन जाँच दिएर पास भएजस्तो होइन । पुस मसान्तसम्म २० अङ्क आए पनि माघ पहिला सातामा काम सम्पन्न भए ५० प्रतिशत पुग्न सक्छ ।’
उनले सरकार निर्माणको चरणमा रहेको बताए । पूर्व–पश्चिम, उत्तर दक्षिणका राजमार्ग बन्दै रहेका उनको भनाइ थियो । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको, तीन सय बढी किमि कालोपत्रे भएको बताए ।
एक लाख ६९ हजार बढी स्मार्ट लाइसेन्स वितरण गरिएको जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण