यूएसएडपछि ट्रम्पको निशानामा सीआईए, कर्मचारी कटौतीको तयारी
वासिङटन डीसी । अमेरिकी विदेश सहयोग नियोग युएसएआईडीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले व्यापक मात्रामा कर्मचारी कटौती गरेको थियो । अब ट्रम्प प्रशासनको निशाना संघीय गुप्तचर निकाय सीआईएमाथि छ ।
प्रशासनले सीआईएमा कर्मचारी कटौतीको तयारी गरिरहेको छ । खबरका अनुसार सीआईएबाट ठुलो मात्रामा कर्मचारीहरूलाई बर्खास्त गर्ने तयारी भइरहेको छ । यसमा विशेष गरी हालैका वर्षहरूमा सीआईएमा सामेल भएका कर्मचारी छन् ।
मिडिया रिपोर्टका अनुसार विगत दुई वर्षमा नियुक्त गरिएका कर्मचारीहरूको कामको समीक्षा भइरहेको छ ।
व्यवहारमा कुनै कमी देखिएका वा काम सन्तोषजनक नभएकाहरूलाई जागिरबाट बर्खास्त गरिनेछ । सीआईएमा कर्मचारी कटौती संघीय सरकारको आकार घटाउने ट्रम्प प्रशासनको प्रयासको एक हिस्सा हो । यद्यपि यूएसएसआईडीको तर्फबाट सीआईएमा ठुलो मात्रामा जागिर गुम्ने छैन । नवनियुक्त सीआईए निर्देशक जोन रेटक्लिफले पनि सीआईएमा आमूल परिवर्तन ल्याउने वाचा गरेका छन् ।
खर्बपति व्यापारी एलन मस्कले सरकारको आकार घटाउने प्रयास अन्तर्गत हजारौँ संघीय कर्मचारीहरूलाई गरिएको कटौतीको लागि आफू जिम्मेवार नभएको बताएका छन् । उनले यस हप्ता निजी कुराकानीमा कामदारहरूलाई हटाउने निर्णय विभिन्न संघीय एजेन्सीहरूमा छोडिएको भनेका थिए । एक रिपब्लिकन सांसदले पनि मस्कलाई कर्मचारीहरूलाई भर्ना गर्ने वा बर्खास्त गर्ने अधिकार नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण