जनताका समस्या घरमै गएर बुझ्न तराई–मधेस अभियान थालिएको हो : प्रचण्ड
सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको समस्या घरमै गएर बुझ्नका लागि अभियान सुरु गरेको बताएका छन् । शुक्रवार तराई–मधेस जागरण अभियान कार्यक्रम अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको बैठकको हामीले आत्मसमीक्षा गरेर केही निष्कर्ष निकालेको स्मरण गरे । त्यही समीक्षाको बैठकको निर्णयअनुसार हामीले हुलाकी राजमार्गका जनताको समस्या बुझ्न अभियानको थालनी गरेको उनको भनाइ छ ।
जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको समेत उनले बताए । मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने बताए ।
मधेसी जनताले भोगेको विभेद र अपमान मधेसको मात्रै नभई देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रूपान्तरण देशकै मुद्दा भएको उनको प्रस्टोक्ति छ । झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठुलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियान कञ्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।
राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण