सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम आयोजना
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । फोरमले शुक्रबार कम्पनीको प्रधान कार्यालय थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि वक्ता नेपाल धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहालको सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै, उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पारेकी थिइन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तीकरणको लागि महिला आफैले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तीकरणको लागि प्रोत्साहन समेत गरिन्।
सिटिजन वीमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरू बिच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरू मध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुति पश्चात् चुनिएका पहिलो, दोस्रो र तेस्रो कर्मचारीहरूलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण